Category: 'हाम्रो झापा'
बिर्तामोडमा एक महिने जुत्ता-चप्पल व्यापार महोत्सव सुरु
बिर्तामोड, पुस ९ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडमा आजदेखि एक महिने जुत्ता-चप्पल महोत्सव सुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता-चप्पल व्यापार […]
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा
बिर्तामोड, पुस ९ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् । शिवसताक्षीका व्यवसायी सापकोटा यसअघि उपाध्यक्ष थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेसनरीको व्यवसाय गर्दै आएका […]
झापमा कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति
बिर्तामोड, पुस ९ । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गए राति आगलागी भएको छ । आगलागीमा जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख रुपैयाँभन्दा बढीको क्षति […]
जोरसिमल कपमा आयोजकको विजयी सुरुवात
मेचीनगर, पुस ९ । मेचीनगर-७ जोरसिमलमा सुरु भएको जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो । […]
पत्रकार सहारा उपचार कोषलाई एकैदिन ९ लाख सहयोग
बिर्तामोड, पुस ९ । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकै दिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औँ स्थापना दिवसको अवसर पारेर सामाजिक […]
बससँग स्कुटर ठोक्किँदा अर्जुनधाराका खतिवडाको मृत्यु
दमक, पुस ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ११ प २०५१ नम्बरको स्कुटर र […]
बिर्तामोडमा आजदेखि ‘बिर्तामोड महोत्सव’ सुरु
बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजनामा बिर्तामोड २ रामचोकनजिकै महोत्सव सुरु भएको हो । एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हिजो […]
कञ्चनजंघा र तिम्बुङ चिनाउँदै बिर्तामोडका दुई युवा
बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडका अमिर राई र मनोज बस्नेत कञ्चनजंघा हिमाल र तिम्बुङ पोखरीको प्रचार र प्रवर्धनमा तल्लीन छन् । ३१ वर्षीय अमिर र २८ वर्षीय बस्नेत काठमाडौँमा बसेर ट्रेक ८५८६ नामक ट्रेकिङ […]
रेमिटान्स कारोबार गर्दा पाण्डेलाई साढे पाँच लाख पुरस्कार
बिर्तामोड, पुस ९ । सुनसरीको तरहराकी होमादेवी पाण्डेले नियमित रेमिटान्स कारोबार गर्दा लक्की ड्रमार्फत दस गुणा रकम जितेकी छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको तरहरा सेवाकेन्द्रमा नियमित कारोबार गर्दै आएकी पाण्डेले […]




