Category: 'समाचार'
भद्रपुरमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते
भद्रपुर, बैशाख ५ । मेची राजमार्गअन्तर्गत चारआली–भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा घाइते भएका सबै […]
अन्डर-१३ फुटबलको प्रदेश छनोटमा इस्ट होराइजनका पाँच खेलाडी
मेचीनगर, बैशाख ५ । अन्डर-१३ फुटबलको कोशी प्रदेशस्तरीय छनोटमा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविबाट पाँचजना खेलाडी छानिएका छन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको इस्ट होराइजनका पाँचजना छात्र (पुरुष) खेलाडी केन्द्रको लागि धरानमा भएको […]
झापा ल्याइँदै गरेको सखुवासहित यात्रुबाहक बस दानाबारीमा प्रहरी नियन्त्रणमा
बिर्तामोड, बैशाख ५ । प्रहरीले इलामबाट झापा ल्याइँदै गरेको काठसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । इलामको दानाबारी प्रहरीको टोलीले मंगलबार मे.१ ख ३१६४ नम्बरको बसबाट सखुवा जातको काठ बरामद गरेको हो । सब–डिभिजन वन […]
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, बैशाख ५ । सरकारले भोलि र पर्सि अर्थात बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका […]
झापामा हात्ती रोक्न ७६.३९ किलोमिटरमा साढे १० करोडको सोलार फेन्स
६८ जनाको ज्यान गयो, १९ हात्ती मारिए मेचीनगर, बैशाख ५ । झापामा करिब साढे १० करोड रुपैयाँ लागतमा हालसम्म ७६.३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको […]
डक्टर रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’
भद्रपुर, बैशाख ४ । नेत्ररोग विशेषज्ञ डक्टर सन्दुक रुइतलाई मंगलबार झापाको भद्रपुरमा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले […]
मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
मेचीनगर, बैशाख ४ । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको […]
मेचीनगरमा दाह्रा काटिएको हात्ती मृत भेटियो
मेचीनगर, बैशाख ४ । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको […]
भद्रपुर–सलकपुर सडक कालोपत्र गरिँदै
बिर्तामोड, बैशाख ४ । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक […]

