Category: 'समाचार'
देवी मावि मिनि म्याराथनको उपाधि स्काइ र सुस्मितालाई
बिर्तामोड, पुस १७ । देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ-३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट […]
ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव
मेचीनगर, पुस १६ । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठुलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा […]
मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री घाइते
मेचीनगर, पुस १६ । झापाको मेचीनगर १५ स्थित हेल्दुबारीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकलयात्री घाइते भएका छन् । दुर्घटनामा घाइते साइकलयात्री मेचीनगर ७ बीचकामतका १७ वर्षीय विजय तामाङको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी चौकी […]
जोरसिमल कपको उपाधि एनएफसी धुलाबारीलाई
मेचीनगर, पुस १६ । मेचीनगर–७ जोरसिमलको जोरसिमल कप २०८० को उपाधि एनएफसी धुलाबारीले उचालेको छ । आज भएको फाइनल खेलमा ब्रदर्श एफसी काँकरभिट्टालाई ४–२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै धुलाबारीले […]
बिर्तामोडमा स्पाइन एक्स ट्रमा सेन्टर सञ्चालनमा
बिर्तामोड, पुस १६ । झापाको बिर्तामोडमा मेरुदण्डको विशिष्ट उपचार हुने स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर उद्घाटन भएको छ । बिर्तामोड-३ भगवानचोकमा स्थापना भएको १५ शैय्याको उक्त अस्पतालको आज एक कार्यक्रमका बीच एसोसिएसन […]
साविक विजेता सुदूरलाई हराउँदै कोशी फाइनलमा
बिर्तामोड, पुस १६ । कोशी प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ । कोशीले उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ […]
राष्ट्रिय हक्की प्रतियोगितामा बिर्तामोड उपविजेता
बिर्तामोड, पुस १५ । झापा बिर्तामोडको टिम अन्तरनगरपालिका ५ एस राष्ट्रिय हक्की प्रतियोगितामा उपविजेतामा रोकिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा बृहत खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत हेटौँडामा भएको हक्की प्रतियोगिता बिर्तामोड उपविजेता बनेको […]
कोशीलाई हराउँदै एपिएफ फाइनलमा
बिर्तामोड, पुस १५ । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १४० रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले […]
झापाका कराते रेफ्रीलाई दुई दिने प्रशिक्षण
बिर्तामोड, पुस १५ । काठमाडौँमा हुने राष्ट्रिय रेफ्री परीक्षामा सहभागी हुन जाने झापाका कराते रेफ्रीहरुलाई दुई दिने प्रशिक्षण दिइएको छ । झापाका रेफ्रीहरुलाई अब्बल बनाउन भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा जिल्लास्तरीय रेफ्री सेमिनार कार्यक्रमको आयोजना गरिएको […]

