Category: 'समाचार'
नरेन्द्रको चार गोलमा झापाको सुखद सुरुआत
बिर्तामोड, कात्तिक ९ । नरेन्द्रमणि लिम्बूको चार गोल मद्दतमा झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा विजय युथ हेटौडालाई झापाले ५–१ गोल […]
मिस झापा २०२१ लाई पूर्वाञ्चल क्यान्सर अस्पतालको मुख्य प्रायोजन
बिर्तामोड, कात्तिक ८ । वीरता जेसिजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुन गइरहेको मिस झापा २०२१ को टाइटल स्पोन्सर बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल हुने भएको छ । एक कार्यक्रमका साथ अस्पताल र वीरता जेसिजबीच […]
भारतमाथि पाकिस्तानको ऐतिहासिक जित
बिर्तामोड, कात्तिक ७ । ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा […]
चौधरीद्वारा नाडाको अध्यक्षका लागि झापाबाट उम्मेदवारी घोषणा
बिर्तामोड, कात्तिक ७ । चौधरी ग्रुपका सदस्य करण चौधरीले अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदको उम्मेदारी झापाबाट घोषणा गरेका छन् । यही मंसिर २२ र २३ गते हुने ४५ औँ अधिवेशनका लागि […]
कनकाईको जितमा कुसुमको ८ गोल
बिर्तामोड, कात्तिक ६ । महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कनकाईले महालक्ष्मीको पोस्टमा १९ गोल प्रहार […]
झापा जिल्ला खेलकुद अध्यक्षमा चन्द्र, उपाध्यक्षमा तुलसा
बिर्तामोड, कात्तिक ५ । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ । बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । […]
कनकाईद्वारा गोदावरीको पोस्टमा एक दर्जन गोल
बिर्तामोड, कात्तिक ५ । कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै कनकाईले सुखद सुरुआत गरेको हो […]
क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]



