Category: 'खेल'
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयले पुरस्कृत तथा सम्मान गर्ने
झापा, माघ २० । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रालयको माघ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका नौजना खेल पत्रकारलाई […]
महिला टोलीले एसियन भलिबल च्याम्पियनसिप खेल्ने
झापा, माघ २० । नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभिसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो […]
सावित्राको एक दर्जन गोल, एपिएफ २२-० ले विजयी
काठमाडौँ, माघ १९ । फरवार्ड सावित्रा भण्डारीको १२ गोल मद्दतमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको छ । एपिएफको जितमा सावित्राले १२ गोल गरेको खेलमा कप्तान […]
शर्मिलाको ह्याट्रिकमा आर्मी शीर्ष दुईमा
काठमाडौँ, माघ १९ । विराटनगर महानगरपालिकालाई ७–० ले हराउँदै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीकी शर्मिला थापाले ह्याट्रिक गरिन् । त्यस्तै, […]
बिर्तामोड ५ मा खेलकुद प्रतियोगिता हुने
बिर्तामोड, माघ १७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा तीन महिने खेल प्रतियोगिता हुने भएको छ । ५ नम्बर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा यही माघ २१ गतेबाट खेल प्रतियोगिता आयोजना हुने […]
आर्मीविरुद्ध पहिला बलिङ गर्दै एपिएफ
काठमाडौँ, माघ १७ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने […]
महिला लिगः एकै खेलमा दोहोरो ह्याट्रिकको रेकर्ड !
काठमाडौँ, माघ १६ । जारी राष्ट्रिय महिला लिग फुटबलमा एकै खेलबाट मिथो रुथल दोहोरो ह्याट्रिकको रेकर्ड बनाएकी छन् । स्याङ्जाको वालिङ नगरपालिकाबाट खेलेकी रुथलको यो रेकर्ड पहिलो हो । उनी जारी महिला लिगमा सबैभन्दा छिटो […]
बिर्तामोड मिनि म्याराथनमा रविन र सुनिता प्रथम
बिर्तामोड, माघ १६ । सहिद दिवसको अवसर पारेर बिर्तामोडमा नगरस्तरीय मिनि म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ रविन सुब्बा प्रथम भएका छन् । उनले सात […]
‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी
ललितपुर, पुस २८ । गत वर्ष नेपालमा सम्पन्न १३ औँ सागमा सर्वाधिक पदकधारी पौडीकी गौरिका सिंह र स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ १७ औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका […]


