Category: 'हाम्रो झापा'
बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको […]
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिको काम धमाधम
बिर्तामोड, बैशाख ९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । काँकरभिट्टादेखि लौकहीसम्मको […]
स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिसको उपाधि नमनलाई
मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा सम्पन्न स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिस प्रतियोगिताको उपाधि नमन श्रेष्ठले जितेका छन् । मेचीनगर-९ मा रहेको हिमालयन अंग्रजी माविको हलमा भएको प्रतियोगिता श्रेष्ठले अमन भुकानियालाई हराउँदै उपाधि जितेका […]
एनएमएसआरए क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरलाई
बिर्तामोड, बैशाख ८ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगरले झापाको अर्जुनधारामा भएको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । फाइनलमा प्रतिस्पर्धी नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापामाथि २९ रनको जित निकाल्दै एनएमएसआरए […]
कचनकवलमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते
बिर्तामोड, बैशाख ८ । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । हिजो राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ […]
उपाधिका लागि एनसिडिए झापा र एनएमएसआरए विराटनगर खेल्दै
बिर्तामोड, बैशाख ८ । एनएमएसआरए अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगर खेल्दै छन् । नेपाल औषधि तथा बिक्री प्रतिनिधि […]
झापामा ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख ७ । झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर र […]
झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट […]
बिर्तामोडमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणबारे अन्तरक्रिया
बिर्तामोड, बैशाख ७ । ‘सि लिड्स’ अन्तर्गतको ‘स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण प्रक्रिया’ कार्यक्रमका अधिकांश सहभागीले संविधानअनुसार नीति र कार्यविधिहरु बनाउन सहज भएको जिकिर गरेका छन् । दलित महिला केन्द्र नेपालले […]


