Category: 'हाम्रो झापा'
बिर्तामोडमा बढ्यो व्यवसायीको चुनावी सरगर्मी, ४६०० मतदाता
बिर्तामोड, माघ २९ । अघिल्ला निर्वाचनमा भन्दा झन्डै दोब्बर संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ । यसपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ । संघका कार्यालय सचिव […]
टहरा हटाउने नगरको निर्णयविरुद्ध व्यवसायी आन्दोलित
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना […]
जेसी अफ द मन्थ जनवरीको अवार्ड खतिवडालाई
बिर्तामोड, माघ २७ । वीरता जेसीजले टिकाराम खतिवडालाई जेसी अफ द मन्थअन्तर्गत जनवरी महिनाको अवार्ड प्रदान गरेको छ । उनी संस्थाका संयुक्त सचिव हुन् । वीरता जेसीजको सचिवालयमा आयोजित प्रथम बोर्ड बैठकमा वीरता जेसीजका अध्यक्ष […]
झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत
भद्रपुर, माघ २६ । झापा उद्योग संघले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर […]
रामचोक वनको अध्यक्षमा गौतम
झापा, माघ २४ । बिर्तामोड-२ स्थित रामचोक सामुदायिक वनको अध्यक्ष राजु गौतम चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २४ औँ साधारणसभाले गौतमको नेतृत्वमा १२ सदस्यीय समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तारा भट्टराई, […]
झापामा बन्दको सामान्य प्रभावः बजार तथा पसल खुला, जनजीवन सहज
झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । […]
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयले पुरस्कृत तथा सम्मान गर्ने
झापा, माघ २० । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रालयको माघ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका नौजना खेल पत्रकारलाई […]
सबैखाले व्यापारमा दुर्गा प्रसाईंको ३० अर्ब लगानीः फागुनदेखि मार्सी बियर, माफिया ह्विस्की छिट्टै
झापा, माघ २० । झापा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म […]
भूमि समस्या समाधान समिति झापामा गिरी
झापा, माघ २० । सरकारले भूमिसम्बन्धी समस्या समाधान समिति झापाको अध्यक्षमा प्रेमबहादुर गिरीलाई नियुक्त गरेको छ । त्यस्तै, समितिको विज्ञमा राधाकृष्ण खनाल र सदस्यमा मदन अधिकारी नियुक्त भएका छन् । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा […]



