Category: 'समाचार'
हल्दिबारीमा हात्तीको आक्रमणबाट राजवंशीको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको हल्दिबारीमा मर्निङ वाकमा गएका पालिकाका कर्मचारीको हात्तको आक्रमणबाट मृत्यु भएको छ । हल्दिबारी २ को वडा कार्यालयका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट आज सबेरै मृत्यु भएको प्रहरीले जनाएको छ […]
चौथो चन्द्रगढी भेट्रान फुटबल पुस ७ गतेदेखि
भद्रपुर, पुस ४ । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]
प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीको टोली रुबिनाको कप्तानीमा
बिर्तामोड, पुस ४ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुबिना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका […]
झापामा क्षेत्रफल घटे पनि बढ्यो धानको उत्पादन
बिर्तामोड, पुस ४ । झापामा यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन थियो । गत वर्षभन्दा यो वर्ष झापामा धानको उत्पादकत्व बढेको […]
थ्रेसरमा च्यापिएर झापामा एकजनाको मृत्यु
बिर्तामोड, पुस ४ । धान झार्ने क्रममा झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एकजना कृषकको मृत्यु भएको छ । आज बिहान करिब ५ बजे धान झार्न थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका–२ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडूको मृत्यु […]
राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता संखुवासभामा हुने
बिर्तामोड, पुस ४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ । सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता यही फागुन १५ गतेदेखि १९ […]
धाइजन ढाटमा डुल्दै आएकी एक महिलाको कठांग्रिएर मृत्यु
मेचीनगर, पुस ३ । बेबारिसे अवस्थामा तीन दिनदेखि मेचीनगरको धाइजन आसपास सडकमै डुलिरहेकी एकजना महिलाको मृत्यु भएको छ । मेचीनगर–१० धाइजन ढाटमा बस्दै आएकी बेबारिसे महिलाको आज मृत्यु भएको छ । चिसोले गर्दा बेहोश भएकी […]
झापाका एन्फा रेफ्री चौधरी विदेशिए
बिर्तामोड, पुस ३ । आफ्नो भविष्य सुन्दर बनाउने भन्दै झापाली फुटबलर विदेशिएको खबर पुरानो भइसक्यो । तर, फुटबलका निर्णायक पनि आर्थिक अवस्थाका कारण नेपाल छोड्न थालेका छन् । झापाका एन्फा रेफ्री लक्ष्मण चौधरी वैदेशिक रोजगारका […]
अश्लील हर्कत गर्ने अधिकृत डमरु र काजीमानलाई आकर्षक कार्यालय
बिर्तामोड, पुस ३ । अश्लील क्रियाकलापमा संलग्न रहेको पाइएका दुईजना अधिकृतलाई मन्त्रालयले आकर्षक ‘मालअड्डा’ मा पठाएको छ । एक महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र कार्यालयकी कर्मचारीसँग अश्लील […]

