Category: 'समाचार'
वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण
बिर्तामोड, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । क्याम्पस परिसरबाट सुरु भएको पाँच किलोमिटर दूरीको […]
बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नरबहादुर
बिर्तामोड, जेठ २२ । बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनले केन्द्रीय अध्यक्षमा नरबहादुर बानियाँलाई चयन गरेको छ । झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा साधरणसभाबाट काठमाडौँका नरबहादुर बानियाँ समाजको नेतृत्वमा […]
च्याम्पियन हुँदै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा
बिर्तामोड, जेठ २० । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन भएको छ । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ । लिगअन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा भएको १३औँ चरण तथा अन्तिम खेलमा […]
साइक्लिस्टहरुद्वारा बिर्तामोडमा साइकल लेन निर्माणमा जोड
बिर्तामोड, जेठ २० । बढ्दो सहरीकरणसँगै प्रदूषण र मानव स्वास्थ्यप्रति सचेत रहन बिर्तामोडका ‘साइक्लिस्ट’ हरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । त्यसका लागि बिर्तामोडमा पनि साइकल लेनको व्यवस्था गर्न उनीहरुले नगरप्रमुखलाई आग्रह गरे । पाँचौँ विश्व […]
चोरीका मोटरसाइकलसहित संलग्न पक्राउः चोरी सहरबाट, बिक्री पहाडमा
बिर्तामोड, जेठ १९ । बिर्तामोड प्रहरीले मोटरसाइकल र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी एकसाथ सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरेर प्रहरीले आफ्नो ११ दिनको अपरेसनबाट प्राप्त सफलताअन्तर्गत मोटरसाइकलसहित चोरीकार्यमा […]
एन्फाले छ महिनासम्म पनि दिएन झापा लिगको पूरा रकम
बिर्तामोड, जेठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सम्पन्न गर्न दिने भनिएको रकम हालसम्म नदिएको झापा जिल्ला फुटबल संघले उल्लेख गरेको छ । जिल्लास्थित झापा फुटबल लिग सकिएको छ महिना बितिसक्दा पनि […]
यामाहा एफजेड एक्सको बिर्तामोडमा बिक्री सुरु
बिर्तामोड, जेठ १८ । जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा एफजेड एक्स १५० मोटरसाइकलको बिक्री सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले बुधबारबाट बिर्तामोडमा बिक्री सुरु गरेको छ । […]
सिम्रिक साकोसले दियो ११५ जना विद्यार्थीलाई पोशाक
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति […]
एक्सेलको नयाँ शाखा धरानमा
बिर्तामोड, जेठ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ धरान बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको छ । एक […]



