Category: 'हाम्रो झापा'
दमकमा फुटसल सुरु, आयोजक दमक बहुमुखी क्याम्पससहित चार कलेजको विजयी सुरुवात
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ […]
मैत्रीपूर्ण फुटसलमा पत्रकार विजयी
दमक, साउन ७ । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । […]
दोकानडाँडाका बस्नेतको घर नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले बनाइदिने
मेचीनगर, साउन ७ । आर्थिक अवस्था दयनीय भएका मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को घर बाहुनडाँगी जेसीज र नवज्योति युवा क्लबले बनाइदिने भएका छन् । बस्नेतको घर निर्माणका लागि क्लबको अगुवाइमा एक समिति पनि […]
प्रदेशस्तरीय फुटसल आजदेखि, उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पस र आस्था कलेज खेल्दै
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको […]
एक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा, इडिबिएल ग्रिन लोनको सुरुवात
बिर्तामोड, साउन ६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसर पारेर वातावरणीय स्वच्छताका लागि विद्युतीय सवारी साधनहरुको प्रबर्द्धन गर्नको लागि ‘इडिबिएल ग्रिन लोन’ को सुरुवात गरेको छ । वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने […]
वर्षा कम हुँदा हालसम्म ६८% मात्र रोपाइँ
बिर्तामोड, साउन ६ । गत वर्षभन्दा यो वर्ष साउन पहिलो हप्तासम्म रोपाइँ कम भएको छ । देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा […]
चार महिनादेखि ज्याला नपाएपछि कुवाडीदेवीका चिया मजदुर आन्दोलित
बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका […]
भारतबाट रु १०० भन्दा बढी सामान ल्याए भन्सार लाग्ने
मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर […]
एक्सेल बैंकको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन
बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । आज झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पानीझरीका बाबजुद रक्तदाताहरुको सहभागिता रहेको […]



