Category: 'हाम्रो झापा'
बिर्तामोडमा बिहीबारबाट एक साता लकडाउन
बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो […]
पद ग्रहणसँगै सामाजिक सेवामा सक्रिय लायन्स बिर्तामोड लेडी
बिर्तामोड, साउन १० । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र […]
१० लाख डोज खोप किन्न सहारा नेपाल तयार
बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि […]
सुजिता मृत्यु प्रकरणः दाजु नाता पर्ने झापाका सचिन पक्राउ
बिर्तामोड, साउन ८ । राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ । शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई आज चितवन प्रहरीले सार्वजनिक गरेको छ । […]
बिर्तामोडमा साइकल लेनका लागि वडा-५ खेलकुद समितिको पहल
बिर्तामोड, साउन ६ । बिर्तामोड वडा नम्बर ५ को खेलकुद विकास समितिले वडाभित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने भएको छ । पछिल्लो समय बिर्तामोडमा साइकल क्रेज बढ्दै गएपछि समितिले यस्तो योजना बनाएको […]
झापाका अनन्त, सन्जोक र निशान थ्री स्टारमै
बिर्तामोड, साउन ५ । झापाका तीन युवा फुटबलर डिफेन्डर अनन्त तामाङ, निशान खड्का र मिडफिल्डर सन्जोक राई ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् । तामाङ शिवसताक्षी तथा खड्का र राई बिर्तामोडका स्थायी बासिन्दा […]
बिएन्डसी अस्पतालमा विश्वस्तरीय ल्याब सञ्चालनमा
बिर्तामोड, साउन ४ । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए […]
अझासद्वारा झापामा स्वास्थ्य सामग्रीका लागि २३ लाख सहयोग
बिर्तामोड, जेठ २७ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि अन्तर्राष्ट्रिय झापाली समाज (अझास) ले एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको छ । अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन […]
झापामा अभियानद्वारा स्थापित अक्सिजन बैंकको उद्घाटन
बिर्तामोड, जेठ २७ । झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत रकम संकलन गरेर अक्सिजन सिलिन्डर बैंक स्थापना गरेको छ । एक औपचारिक कार्यक्रमका बीच सहारा नेपालको मुख्य कार्यालयमा बैंक स्थापना […]



