Category: 'हाम्रो झापा'
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा बागडुग्रा
बिर्तामोड, असोज २६ । भारतको बागडुग्रा भूतपूर्व सैनिक संघ भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भएको भूतपूर्व सैनिक गोल्डकपको फाइनल प्रवेश गरेको छ । बडादसैँको अवसरमा आयोजित प्रतियोगितामा झापा दुधेको भूतपूर्व सैनिक संघलाई बागडुग्रालाई […]
सहयोगी हातहरुले २० लाख खर्चमा राजु चौधरीको घर बनाउने
बिर्तामोड, असोज २४ । ए प्लास्टिक एनिमियाबाट ग्रसित भई निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते […]
सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण
बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । आज चारपानेमा बडादसैँको शुभकामना […]
एलाइट रनको उपाधि किरण र सुस्मितालाई
बिर्तामोड, असोज २४ । एलाइट रन मिनी म्याराथन २०७८ मा पुरुषतर्फ किरण लिम्बू र महिलातर्फ सुस्मिता राई प्रथम भएका छन् । एलाइट युथ क्लब बटारे बिर्ताबजारको आयोजना भएको प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरी किरणले १६ मिनेट […]
जग्गाधनीलाई नै भूमाफिया भनी समाचार आएकोप्रति आपत्ति
बिर्तामोड, असोज २२ । मालपोत लगायत अन्य कागज प्रमाण भएका जग्गाधनीलाई नै भूमाफिया भनेर केही सञ्चारमाध्यमले समाचार लेखेकोप्रति उनीहरुले आपत्ति जनाएका छन् । झापा बिर्तामोड–३ मा भएको ८ कठ्ठा जग्गाका धनी सरस्वती ढकाल र घनेन्द्रदेवी […]
शिखरको स्थापना दिवसमा विपन्नलाई नयाँ कपडा
बिर्तामोड, असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ स्थापना दिवस विपन्न परिवारका छोराछोरीलाई नयाँ कपडा वितरण गरेर मनाएको छ । आज राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्यनरत ३ देखि १४ वर्ष […]
झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा
बिर्तामोड, असोज २२ । गाभुर एग्रो फार्म प्रालिले झापाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । झापाका पाँच जना युवाले प्रालिमार्फत बिहीबारदेखि माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले […]
भूतपूर्व फौजी च्यालेन्ज कप हुने
बिर्तामोड, असोज २२ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा […]
युवा शक्ति अघि बढे मात्र मुलुक बन्छ- प्रसाईं
बिर्तामोड, असोज २० । बिएन्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंले युवा शक्ति अघि बढे मात्र मुलुक बन्न सक्ने धारणा व्यक्त गरेका छन् । आज झापाको बिर्तामोडमा स्वतन्त्र युवा समाज झापाले […]



